X (current)

पुल निर्माण कार्य पुनः सुरु सात वर्षमा पनी बनेन थोपल खोलमा पुल

  Bikaspost   6 March, 2023


धादिङ । पुल यस वर्ष पनी बन्छ वा बन्दैन अन्यौल नै भएको स्थानीयको भनाई छ । जिल्लाका अधिकाम्स यस्ता विकासका कामहरु अलपत्र अवस्थामा छन् ।
विकासका कामहरुको अनुगमन गर्ने कुनै खास संयन्त्र नहुदा यस्तो अवस्था आएको हो । नेत्रावती गाउँपालीकाबाट सदरमुका धादिङवेसीसम्म आउनका लागी थोपल खोलामा निर्माणधीन पुलको निर्माण कार्य सम्पन्न नहुदा निकै समस्या आउने भनाई सो क्षेत्रका स्थानीयको भनाई छ ।
वर्षातको समयमाा सवारीका साधनहरु खोला तर्न नसक्दा पैदल आवत जावत गर्ने झोलुङ्गे पुलको गोरेटे बाटो पनी यस वर्ष त सबै विग्रएको छ । अहिले पुलको निर्माण कार्य बल्ल सत्तरी प्रतिश भने सम्पन्न भएको छ । सो पुल भएर धादिङ र नुवाकोटको स्थानीय आवत जावत गर्ने गर्दछन् ।
नीलकण्ठ नगरपालीकाको धुवाँकोट र नेत्रवती डब्जङ्ग गाउँपालीकाको सिमाना भ¥र्याङ्ग भुरुङ्ग भन्ने स्थानको थोपल खोलामा निर्माणधीन पुल तिन करोड पचासलाखको लागतमा निर्माण सम्पन्न गर्नका लागी सडक विभागले जोसी पिपि निर्माणसेवालाई संयुक्त रुपमा निर्माणको जिम्मा दिईएको हो ।
पुल पच्चिस मिटर लम्वाईको र एघार मिटर चौडाई रहेको छ ।पुल निर्माण सम्पन्न भएसंगै नुवाकोटको मेघाङ्ग लगाएत धादिङको नेत्रवती गाउँपालीका स्थानीय बाह्रै महिना धादिङवेसीको सदरमुकाम लागएत राजधानी काठमाण्डै आवत जावत गर्न सक्ने छ ।नेत्रावती गाउँपालीकाको सक्रीयतामा निर्माण कार्य विचैमा छाडिएको सो पुल निर्माणमा पहल गरी अहिले काम सुचारु भई रहेको गाउँपालीकाका अध्यक्ष मेघनाथ रिजालले बताउनु भएको छ ।
यसो त सो क्षेत्रमा उत्पादीत् पशु र कृषी जन्य उत्पादन विक्रिका लागी पनी बाह्रै महिना सहजै बजार ल्याउन सक्ने स्थानीयको भनाई छ । जस्ले गर्दा सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस