प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र –संञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

Bikaspost 7 March, 2023
धादिङ । विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको नेपाल सरकारका प्रवक्ता एवं संञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको भनाई छ ।
यसंगै संञ्चार क्षेत्रको ऐन कानुलाई ब्यवस्थितसंग निर्माण गर्नका लागी संञ्चार तथा सुचना प्रविधि मन्त्रालय लागी रहेको संञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको उहाँको भनाइ छ ।
त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको समेत मन्त्री शर्मालेबताउनु भएको छ ।
सोही कार्यक्रममा मन्त्री शर्माले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएको समेत दावी गर्नु भयो ।
धादिङको गल्छी रेडियो धादिङद्वारा आयोजना गरीएको सामुदायीक प्रशारणका लागी सामुदायीक अभियान परामर्श सम्मेलनको उद्घाटनका क्रममा मन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा देशभरीका ७२ सामुदायीक रेडियोका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।