माहुरीको गोला नै विक्रि गर्छन् किसान
Bikaspost 2 April, 2021
धादिङ । युवाहरुलाई मुल्ुकमा नै सिपयुक्त र स्वरोजगार श्रृजनाका लागी सरकारले विभिन्न कार्यक्रमहरु ल्यासंगै धादिङमा कृषी क्षेत्रमा निकै विकास भएको छ ।
खास गरी बाग्मती प्रदेश सरकारले हरीत बाग्मती प्रदेशको अबधारण ल्याएसंगै रुख रोप्ने अभियान अन्तरगत उन्नत जातका फलफुललागएत विभिन्न प्रकारका बोटविरुवाहरु उत्पादनका लागी नसर्री गर्नका लागी सरकाले त्यस्मा समेत युवाहरुलाई लगानी गरिदिएको छ ।
एक घर एक विरुवाको अवधारण ल्याई हरियाली बाग्मती प्रदेश बनाउने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि सारेसंगै त्यससंग सम्वन्धित् पोशा गर्ने युवाहरुको संख्या पनी निकै बृद्धि भएको छ ।
जस्का लागी प्रदेश सरकारले युवा उद्योमीहरुलाई सर्बसुलभ ब्याजदरमा रिण लगानी गर्नुका साथै अनुदामा पनी निकै रकम खर्चन सुरु गरेको छ । सरकाले विषेस गरी कृषी क्षेत्रमा लागेका युवाहरुलाई यस्ता अनुदानहरु प्रवाहा गरेको हो ।
बाग्मती प्रदेश सरकार अन्तरगत भुमी ब्यवस्था कृषी तथा शहकारी मन्त्रालयले युवाहरुका लागी आर्थिक एवं प्राविधिक सहयोग गरी अनुदान दिन थालेको हो ।
यस्तो कार्यक्रम सुरु गरेसंगै धादिङका युवाहरुले विभिन्न किसिमका फलफुललागएत अन्य बोट विरुवाहरुको ब्यवसायीक उत्पादन जस्ता कामहरु निकै विस्तार गरेका छन् ।
यसबाट कृषी उद्योममा लागेका युवाहरुले निकै राम्रो मुनाफ पनी लिन थालेका छन् ।
कृषी ज्ञान केन्द्र धादिङका अनुसार निर्वाहा मुखी कृषी कार्यलाई विकास गर्नका लागी प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा कृषी कार्य गर्दै आएका युवाहरुलाई यस्तो सहयोग निकै अपरिहार्य रहेकोले प्रदेश सरकराले यस्ता कार्यक्रम अगाडि समरेको ज्ञान केन्द्र धादिङका प्रमुख झलक कडेलले जानकारी दिनु भएको छ ।
यसै अन्तरगत विभिन्न स्थानीय तहहरुमा गरी धादिङमा दुई दर्जन भन्दा धेरै स्थानहरुमा नमुना नसर्री फर्महरुमा सरकाले लगानी गरेको छ । प्रदेश सरकार अन्तरगत भुमी ब्यवस्था कृषी तथा शहकारी मन्त्रालयले एक करोड सम्म अनुदानका रकमहरु युवा उद्योमीहरुलाई दिई साझेदारीमा काम गरेको छ ।
यस्ता कार्यक्रमहरुले कृषीमा ब्यवसायीकरण गर्न उत्पादन बृद्धि गर्नका लागी निकै ठुलो भुमीका खेल्ने ज्ञान केन्द्रको दावी छ ।