X (current)

यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु

  Bikaspost   5 June, 2022


रुपन्देही ।जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस