X (current)

राजमार्गहरुमा हुने गरेका अधिकाम्स सवारी दुर्घटनामा चालकको लापरवाही

     21 March, 2019


धादिङ । पछिल्लो समय राजमार्गहरुमा हुने गरेका अधिकाम्स सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको एक अध्यानले देखाएको छ ।
विग्रदो सडकको अवस्था बड्दो सवारी साधन र चालकहरुले जथाभावी सवारी हाँक्ने गरेका कारण दुर्घटना हुने गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार अहिले दैनिक जसो छदेखी आठ ओटा सान ठुला सवारीका साधनहरु दुर्घटनामा पर्ने गरेको छ । गत सालको तुलनामा तुलानात्मक रुपमा सवारी दुर्घटनामा केही कमी आएको छ ।
गत साल मुग्लिन नरायणघाट सडक  खण्ड निर्माणका क्रममा दिनभरी हुने बन्द छल्नका लागी सवारीका बन्द पार गर्नका लगाी हाँक्दा सावरी दुर्घटना बढेको थियो ।
अहिले सडक चौविसै घण्टा सुचारु हुन थाले पछी सवारी दुर्घटनाको दरमा केही कमी भएको भए पनी अपेक्षाकृत रुपमा दुर्घटनामा कमी नआएको प्रहरीको भनाई छ ।
यसै गरी सवारी चालकका कारण हुने दुर्घटना न्युनीकरणका लागी धादिङ प्रहरीले सवारी चालकहरुलाई  सचेत गर्न सुरु गरेको छ ।
अधिकाम्स सवारी दुर्घटनाको मुख्य कारण सवारी चालक नै हो भन्ने कुरा पृथ्वी राजमार्गमा ट्राफिक प्रहरीले गरेको एक अध्यानले पुष्टि गरे पछी धादिङ प्रहरीले सो कामको सुरुवाती गरेको हो ।
यात्रुहरको जिउधनको सुरक्षका लागी प्रहरीले यो अभियानको सुरुवात गरेको हो ।
 राजमार्गमा पछिल्लो समय लामो दुरीका भन्दा पनी छोटो दुरीका सवारीका साधनहरु दुर्घटनामा पर्ने गरेको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा सवारी दुर्घटनामा कमी आएको तथ्याङ्ग प्रहरीले सार्वजनीक गरेको हो  ।
आर्थिक वर्ष २०७४–०७५मा एक सय ५५ ओटा सवारीका साधनहरु दुर्घटनामा परी एक सय १७ जनाको ज्यान गएको थियो ।
तर चालु आर्थिक वर्षको आठ महिनामा जम्म ७८ सवारी दुर्घटना भएको छ ,जस्का कारण ४७ जनाको ज्यान गएको छ ।
यो रेसियो गत आर्थिक वर्षको तुलनामा आधा मात्र हो । तुलनात्मक रुपमा गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउन सक्ने अनुमान प्रहरीको छ ।
प्रतिक्रिया दिनुहोस