सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

12 March, 2019
सल्यान ।सल्यानमा गए राती भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।राप्ती लोकमार्गको सल्यान दाङ सडक खण्डको श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गएरती राती ८ बजेर १५ मिनेटतिर शारदा नगरपालिका १ सान्तिनगरमा दुर्घटना भएको हो । दुर्घटनामा परि शारदा नगरपालिका १३ स्यानीखालका २४ बर्षीय चालक कृष्ण बहादुर डाँगी र शानपा १ चैपाबाङ जिउला का १४ बर्षीय अम्बर नाम गरेका बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छा ।