X (current)

हरियो तरकारीको मुल्य अहिलेसम्मकै उच्च उपभोक्तको भान्सा महङ्गो बन्दै

  Bikaspost   10 July, 2023


धादिङ । हरियो तरकारीको मुल्य निकै राम्रो पाए पछी धादिङका तरकारी उत्पादक किसानहरु अहिले निकै खुशी भएका छन् । विचौलीयाले नै तरकारीको मुल्य तोकेपछी मात्रै आफ्नो उत्पादन विक्रि गर्दै आएका धादिङका किसानले अहिले भने आफ्नै मुल्यमा विचौलीयालाई  हरियो तरकारी विक्रि गर्न पाएका हुन् । जस्का कारण अहिले निकै राम्रो मुल्य पाएको र यस सिजनमा आम्दानी समेत निकै भएको भनाई किसानहरुको छ ।

तरकारी संकलन शहकारीबाटै किसानहरुले  आफ्नै मुल्यमा विचौलीयालाई  तरकारी विक्रि गर्न पाएको  किसानहरुको भनाई छ ।                 यससंगै आफुले नै तोकेको मुल्य पाउदा त आम्दानी निकै राम्रो भएको किसानहरुको भनाई छ ।

गएका वर्षहरुमा किसानले तरकारीको मुल्य नापाउदा तरकारी खेती छाड्दै गएको र उत्पादन निकै कम भएका कारण यस वर्ष भने तिन वर्ष एताकै महङ्गो मुल्यमा किसानहरुले आफ्नो उत्पादीत् हरियो तरकारी विक्रि गरेका हुन् ।

तरकारी संकलन कृषक शहकारीहमा अहिले किसानहरुले प्रतिकिलो लौकाको एक सय रुपैयासम्म पाएका छन् भने चिप्ले भेन्डी एक सय विससम्ममा किसानहरुबाटै विक्र भएको छ ।

यससंगै भेन्टाको मुल्य असीदेखी पचासी रुपैया किसानहरुले  पाएका छन् ,भने बोडी प्रतिकिलो एक सय विसमा किसानहरुले विक्रि गरेको हो । गत साल यसै सिजनमा मुस्कीलले पचास रुपैयामा विक्रि भएको तिते करेलाको मुल्य अहिले एक सय दश रुपैया किसानले नै पाएका छन् ।    बजारमा उपभोक्तले भने अहिले हरियो तरकारीको अधिकता मुल्य एक सय सत्तरीसम्म तिर्ने गरेको छ ।

जिल्लमा  सात हजार हेक्टर जमीनमा ब्यवसायीक रुपमा तरकारी खेती गर्ने गरेको भए पनी यस वर्ष वर्खे तरकारी  तिन हजार दुई  सय हेक्टर जमीनमा मात्रै गरेको छ ।

प्रति हेक्टर पन्द्र टन तरकारी उत्पादन हुने कृषी ज्ञान केन्द्र धादिङले जानकारी दिईएको छ ।

थोरै जामीनमा उत्पादन पनी थोरै हुने भए पनी आम्दानी भने किसानहरुले मनग्य लिने देखिएको छ ।

अहिलेको तरकारीको मुल्य करिव दुई महिनासम्म स्थीर हुन सक्ने अनुमान किसानहरुको छ ।

धादिङको  बेनीघाट, धार्के, गजुरी,नलाङ्ग र सलाङ्गलगाएतका स्थान तरकारी उत्पादनका लागी पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादीत् तरकारी मुख्य  गरी पोखरा, चितवन र काठमाण्डौका बजारहरुमा विक्रिका लागी ब्यापारीले लग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस