आठौँ राष्ट्रिय खेलकुद प्रतियागिता अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश नं. ३ दुई स्वर्ण जिते
12 April, 2019
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियागिता अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश नं. ३ दुई स्वर्ण जितेको छ । नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जितेका छन् । प्रतियोगिताको स्याबरमा प्रदेश नं. ३ का अमित भण्डारीले स्वर्ण जिते । उनले सशस्त्र प्रहरी बलको एपिएफका राजेन्द्र गजुरेललाई १५–९ पराजित गरी स्वर्ण जितेका हुन् । प्रतियोगितामा एपिएफका गजुरेलले कास्य जित्दा प्रदेश नं. ३ का प्रयास योञ्जन र आर्मीका नुरबहादुर तामाङ रजत पदक जितेको अम्पायर अनुप कपालीले जानकारी दिए । यसैगरि, फोयल महिला खेलमा एपिएफले स्वर्ण जितेको छ । एपिएफकी मन्दिरा थापाले प्रदेश नं. ४ की अन्जु तामाङलाई १५–९ ले पराजित गरि स्वर्ण जितिन् । प्रतियोगितामा एपिएफकी अनिता अधिकारी र नेपाल आर्मीकी रमा सिंह तृतिय भए । फेन्सििङ इपी पुरुष सिंगल तर्फ प्रदेश नं. ३ का ओमकार सिंहले स्वर्ण जिते । उनले नेपाल आर्मीका दिपेन्द्र विष्टलाई १५–१४ ले जितेका हुन् । खेलमा नेपाल आर्मीका राम थापा र एपिएफका सागर थापा तृतिय भए । फेन्सिङ स्यावर महिला टिम गेममा नेपाल आर्मी विजयी भएको छ । नेपाल आर्मी ४५–१६ ले विजयी भएको हो । उसका तर्फबाट कमला श्रेष्ठ, विना थापा, अस्मिता बस्नेत र जानुका थापाले स्वर्ण जिते । प्रतियोगितामा एपिएफ दोस्रो भयो । एपिएफका तर्फबाट मुना थापा, मिनादेवी पौडेल, सुकमाया घिसिङ र पार्वती दुलालले प्रतिष्पर्धा गरेका थिए ।