X (current)

धादिङमा ईट्टा उद्योगमा काम गर्ने मजदुका बालवालीकाहरु भर्ना गर्दै विद्यालय भर्ना अभियान सुरु भर्नालगतै पुरै सेट पाठ्य पुस्तक

     15 April, 2019


धादिङ । हरेक वर्ष पाठ्य पुस्तकको अभाव झेल्दै आएका  धादिङका  सरकारी विद्यालयमा अध्यानरत  बालवालीकाहरु यस वर्षदेखी यो समस्याबाट मुक्त भएका छन् ।

जनक शिक्षा समाग्री केन्द्रले नयाँ शैक्षिकको सुरुवातसंगै सरकारी विद्यालयका पाठ्यपुस्तक पुरै सेट जिल्लामा पठाएकोले गर्दा विद्यार्थीहरुलाई सहज भएको हो ।

पाठ्य पुस्तक प्रत्येक गाँउपालीकामा अवाश्यक पर्ने जती पुरै सेट नै पठाई सकेको पुस्तक ब्यवसायीहरुको भनाई छ ।

यसोत नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई सरकाले आजदेखी सुरु गरेसंगै धादिङका सरकारी विद्यालयमा  भर्ना भएका विद्यार्थीहरुलाई  पुरै सेट नयाँ पाठ्य पुस्तक पनी दिईएको छ ।

विषेस गरी यस वर्ष जिल्लामा ईट्टा भट्टीमा काम गर्ने मजदुका बालवालीकाहरुलाई  लक्षित गरी भर्ना अभियान सुरु गरिएको छ ।

विद्यालय उमेरका बालवालीकाहरु शिक्षा पाउने अधिकारबाट  बन्ञ्चित नहोस् भन्ने उदेश्यका साथ ईट्टा भट्टीमा काम गर्ने मजदुरका बालवालीकाहरु विद्याय भर्ना गर्दै यो अभियान आजदेखी सुरु गरेको हो ।

विपन्न र गरिविका कारण मजदुरका बालवालीकाहरु विद्यालयको पहुचदेखी टाढा हुन सक्ने भन्दै मजदुरका बालवालीकाहरुबाट यो अभियानको सुवात गरिएको जनाईएको छ ।

अझै धादिङका केही स्थानीय तहहरुले त विपन्न र गरिव परिवारका बालवालीकाहरुको तथ्याङ्गक संकलन गरी सबैको निःशुल्क पठन पाठनको जिम्मा समेत लिइएका छन् ।

उनिहरुका लागी भर्ना भए लगत्तैबाट खान, र विद्यालयका लागी आवाश्यक पर्ने सम्पुर्ण खर्च बोहोर्ने समेत जनाएको छ ।  जिल्लाभर पाँच सय ६४ सामुदायीक विद्यालयमा ७६ हजार बालवालीकाहरु अध्यानरत छन् ।

प्रतिक्रिया दिनुहोस