X (current)

सरकारको आग्रह नमाने कडा कारवाही हुने ,तत्काल अबैध हात हतियार बुझाउन स्थानीय प्रशासनको सर्वसाधारणमा आग्रह

     17 April, 2019


धादिङ । सरकारले आग्रह गरेको ३५ दिन भित्र सर्वसाधारणसंग भएको हातहतीयार बुझाउदा कुनै पनी कानुनी कारवाही नहुने भए पछी जिल्लाका विभिन्न स्थानबाट  अबैध हात हतियार जिल्ला शुरक्षा समितीलाई बुझाउने क्रम बडेको छ  ।
सरकराले जनताको जिउन धनको शुरक्षाका साथै अपराधीक गतिविधि रोक्नका लागी अबैध हातीयार स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरेको थियो ।
स्थानीय प्रशासनले सर्वसाधारण मानिसहरुसंग भएको अबैध हात हतियार बुझाउनका लागी  जारी गरेको पैतिस दिने सुचनालाई आधार मान्दै हतीया बुझाउन आउनेहरुको भिड लाग्न थालेको हो ।
 जिल्लामा हालसम्म दुई पटक गरी ७२ थान भरुवा बन्दूक संकलन भई सकेको छ ।
धादिङका सबै स्थानीय तहहरुका ग्रामिण बस्तिहरु अबैध हतीयार मुक्त बनाउने उदेश्यका साथ स्थानीय प्रशासन आफै गाउँ बस्तिहरुमा पुगीस्थानीयहरुलाई गर्दै  हिडेको छ ।
सुचना गरेको  पैतिस दिन  भित्र सबै हात हतीयार स्थानीय प्रशासनमा संकलन गरी सक्ने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जनाकारी दिनु भएको छ ।
 विषेस गरी यो अभियानबाट  उत्तरी धादिङको विकट मानिने रुवि भ्याली गाउँपालीका र खनियाँवास गाउँपालीकाबाट स्थानीयहरुले स्वतस्फुर्त हात हतियार बुझाउने क्रम बडेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाकारी दिनु भयो ।
यदी कसैले स्थानीय प्रशासनको आग्रहलाई नमानी जर्वजस्ती घरमा नै अबैध हात–हतीयार राख्न खोजेको थाहा भएमा कडा भन्दा कडा कानुनी कारवाही गरिने पनी प्रमुख जिल्ला अधिकारीको भनाई छ । सरकराले सुरु गरेको अभियानमा सबैले साथ दिनु पर्ने उहाँले आग्रह गर्नु भएको छ ।
अबैध हतियार संकलनको क्रममा अब जिल्ला सबै स्थानीय तहहरुमा विषेस टोली सहित जनचेतना मुलक कार्य क्रम संञ्चालन गर्ने पनी उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस