त्रिभुवन राजपथका साघुरा घुक्तिहरुको ब्याक कटिङ्गको सहित कालो पत्रे गर्ने काममा ढिलाई सवारी आवागमनमा समस्या
17 April, 2019
धादिङ । तराईका जिल्लाहरुबाट राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथको घुम्तिहरु कटिङ्ग गर्ने काममा भएको ढिलाईका कारण सवारी आवगमनमा समस्या उत्पन्न हुने गरेको छ ।त्यसो त सडकको विग्रदो अवस्थाले दैनिक जासो ठुला सान सवारीका साधनहरु दुर्घटनाका पर्न थालेको छ ।राजमार्गका घुम्तिहरुमा ठुला ठुला खाल्टा खुल्टी परेको छ । जस्का कारण सवारीका साधनहरु आफ्नो गतिमा दौडन सकेत समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ ।विषेस गरी रातको समयमा साना सवारीका साधनहरु सडककै कारण दुर्घटनामा पर्ने गरेका छन् ।ठाँउ ठाँउमा सवारी जाम लाग्नु त्रिभुवन राजपथको विषेता जस्तै बनेको छ । विग्रिएको सडकका कारण उड्ने धुलोले राजमार्ग आसपासमा बसोवास गर्नेहरुले हैरानी बेहोर्नु परेको छ ।आगामी असार सम्ममा त्रिभुवन राजपथको पिपला मोडदेखी नौविषेसम्मका ठुला ठुला ६ ओटा साँघुरा घुम्तिहरुको ब्याक कटिङ्गको काम सहित कालो पत्रे गरिसक्नु पर्ने सम्झौता ठेकेदार कम्पनीले सडक विभागसंग गरेको छ ।तर हालसम्म पचास प्रतिसत काम पनी सम्पन्न हुन सकेको छैन सडक विभागले निगरानी नगर्दा ठेकेदार कम्प्नीहरुले गरेको ढिला सुस्तिका कारण यस्तो अवस्था आएको स्थानीयहरुको आरोप छ ।एक वर्ष अगाडी दुई करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी नागर्जुन कल्पवृक्ष निर्माण सेवाको ज्वाईनट भेन्चरमा ब्यक कटिङ्गको काम सुरु गरेको थियो । सो राजमार्गमा काम अत्यान्त कछुवा गतिमा भएको छ ।यसै गरी काम गर्दै गएको खण्डमा आगामी एक वर्षमा पनी त्रिभुवन राजपथको धुम्तिहरु काट्ने र कालो पत्रे गर्ने काम सम्पन्न नहुने देखिन्छ ।