X (current)

जन सराेकार

के रोग लागेको पत्तो छैन,उपचारका लागी पैसा छैन ….

धादिङ । नीलकण्ठ नगरपालीका– १२ आगेटारीका  आठ वर्षीय  सोम कुमारी थापा मगरलाई के रोग लागेको पत्तो छैन ।                 सोम कुमारीको जन्मजातै शरिरमा कालो सानो दाग थियो । दाग विस्तारै बढेर पुरै शरिर भरी फैली सकेको छ ।                  कालो दागसंगै शरिरको सबै भागमा कपाल जस्तै रौ पलायको छ । त्यो कालो दाग निश्कियको केही समय पछी  शरिरको पछाडी पट्टीको भागमा फोकै–फोका निश्कियको पनी लामो समय विति सकेको छ ।                 आमा प्यारालाईसिस भए पछी बहिनिको उपचारका लागी त्यती वास्था नभएको कारण झनै समस्याको रुपमा शरिरनै भरी रौं र फोका फैलीदै गएको छ ।                 गरिवीका कारण विहान बेलुकीको हातमुख जोड्न समेत धौ धौ भएको करिनाको परवारमा कमाई गरेर ल्याउन सक्ने कोही पनी छैनन् ।                  आमाको उपचार र आफ्ना लालाबालको सिहार सम्मारका लागी खचै जुटाउन नसक्दा गरिवीको पिडा सहनै नसकि उनिहरुका बुवाले आत्मा हत्या गरे पिडा सुनाउछिन्  ।                 आजकाल त दुख्ने गरेको पनी सोम माया बताउछिन् । साङ्कोष माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्यानरत उनि कहिले काहीत दुखाईको पिडाले विद्यालय जान समेत नसक्ने बताउछिन् । बुवाकोे मृत्यु पछी करिना  आमाको सिहार र बैनीको  औषधी उपचार कसरी गर्ने भन्ने चिन्तामा  परेकी छिन् ।                 प्यारालाईसिस्का कारण ओछ्यान परेकी आमाको जती चिन्ता छ त्यतिकै चिन्ता करिनालाई बहिनी सोम मायाको औषधी उपचारको पनी थपियिको छ । कहाँ लग्ने के गर्ने कसरी उपचार गर्ने भन्ने चिन्ताले सताई रहेको उनि बताउछिन् ।                 अहिले उनि आमाको उपचार र बहिनीको रोग पत्ता लगाई उपचारका लागी सहयोगको अपिल समेत गरिरहेकी छिन् ।

Designed By: SoftBenz Infosys