X (current)

विकाश सराेकार TV

गर्मी मौसमाको सुवातसंगै धादिङका सामुदायीक वन जंगलमा डडेलोको चपेटामा

धादिङ । गर्मी बढेसंगै सल्कीयको डडेलोका कारण धादिङका विभिन्न स्थानहरुमा वन सखाप हुने क्रम बढ्दो छ । गत साल डडेललोबाट जोगिएका  वन जंगलहरुमा यस वर्ष गत सातादेखी   डडेलो सल्कन थालेको हो । वन जंगलमा सल्कीयको डडेलोका कारण वन जंगल वरपरका गाउँ बस्तिहरुमा समेत समस्या हुन थालेको छ । जस्का कारण स्थानीयलाई निकै समस्या आउने गरेको पिडितहरु बताउनु हुन्छ । सरोकारवाल निकायले बेलैमा सचेतना हुन नसक्दा जथाभावी जंगलमा आगलागीका घटनाहरु बढ्दो रहेको हो । करिव पाँच वर्ष एता वन जंगलमा आगलागीका घटनाहरु निकै कम भएको धादिङ जिल्लामा यस वर्ष  जंगलमा आगो लागीका घटनाहरु ह्वातै बढ्न थालेको छ ।  जस्का कारण वन पैदावार नष्ट हुनुका साथै चरा चुरुङ्गीहरुको बास स्थान मासिएको छ । यसले वताबरणीय रुपमा समेत प्रतिकुल प्रभाव श्रृजना हुने आसंका बढ्दै गएको छ ।  अत्याधिक जंगल विनास र डडेलोका कारण उत्पन्न धुवाका कारण गाँउ वस्तिहरुमा हावा प्रदुषण हुनुका साथै लगातार वातारणको  तापक्रम पनी निकै बढेको छ । गत सातादेखी त धादिङका विभिन्न वन जंगलहरुमा सल्कीयको डडेलो मानव वस्तिहरुमा ओरपार समेत लागे पछी  समस्या निम्तीएको हो । गाउँ बस्ति वरपारका जंगलहरुमा सल्केको डडेलोका कारण निश्कियको धुवाका कारण स्वास्थ्य सम्वन्धि समस्या समेत आउन थालेको स्थानीयको भनाई छ । पछिल्लो उत्तरी धादिङका सामुदायीक वन क्षेत्रमा  लागेको डडेलोका एक सातादेखी अझै नियन्त्रणमा आउन नसक्दा समस्या आएको छ ।  डडेलोका कारण तत्कालका लागी गाई बस्तुहरुको चरिचरणमा समेत समस्या आएको छ ।

Designed By: SoftBenz Infosys