आर्थिक अभावका कारण धादिङको सन्दिपलाई उपचारमा समस्या
Bikaspost 10 February, 2025

काठमाण्डौं । धादिङको नेत्रावती डब्जङ्ग गाउँपालिका निवासी १७ वर्षीय संन्दिप रिमाल अहिले भारतको दिल्ली स्थित राजीव गान्धी
अस्पतालमा क्यान्सर रोगसंग लडी रहेको छ । मृत्यु र जीवन वरणको दोसाँधमा क्यानसरसंग लडी रहेका उनी निकै कमजोर आर्थिक अवस्थाका छन् । सन्दिप रिमाललाई ब्लड क्यानसर भएको अस्पताल श्रोतले उनका परिवारलाई जानकारी दिईएको छ । रिमाल परिवार चितवनको खैरेनी नगरपालिकामा बस्दै आएको निकै लामो समय भयो । उनका परिवारले चितवनको खैरेनीमा अरूको जमिन कमाएर खेती पाती गर्ने र ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका थिए । सन्दीप अहिले चितवनकै कपिया माध्यामीक विद्यालयमा कक्षा १२मा अध्ययनरत विद्यार्थी हुन् । बुवा आमाले गरेको ज्याला मजदुरीबाट उनको उपचार अव सम्भव नभएको भन्दै संन्दिपले आफू बाँच्ने रहर भएको तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै थप सहयोगका लागी रिमाल परिवारले आग्रह समेत गरेका छन् ।ब्लड क्यानसरको उपचारमा सबै सम्पती सकियो अब के गर्ने उपचार खर्च कसरी जुटाउने उनको परिवारमा चिन्ता थपिएको छ ।
