उखु पेल्दै सख्खर बनाउने चटारोमा धादिङका उखु किसान
Bikaspost 13 January, 2026
काठमाण्डौं । धादिङ गजुरी गाउँपालिका स्थित मलेखु निवासी फणीन्द्र सिलवाल अहिले आफूले लगाएको उखु पेल्न व्यस्त छन् । उखु खेती परीक्षणको रूपमा गरेका सिलवालले यस वर्ष निकै राम्रो आम्दानी लिने बत्ताएका छन् । खाद्यान्न बालीको तुलनामा खेती गर्न पनि निकै सहज हुने र एक पटक लगाए पछि दुई तिन वर्षसम्म उत्पादन लिन सक्ने भन्दै सिलवालले परीक्षणको रूपमा खेती सुरु गरेका हुन् । केही समय पत्राकारीतामा रमाएका उनी अहिले कृषि पेसामा लागेका हुन् । सिलवालले अहिले उखुको खुदो र सख्खर बनाउने उद्योग समेत आफैले खोलेका छन् ।
उखुको डाँक र जुस मात्रै बिक्री गर्दै आयको धादिङका अन्य किसानहरूलाई पनि सिलवालले खुदो र सख्खर उत्पादन गर्नु पर्ने र राम्रो मूल्यमा बिक्री गर्न सकिने सुझाव दिन थालेका छन् ।

युवाहरू दैनिक अवसरको खोजीका लागी वैदेशिक भूमिमा पलायन भई रहेको बेला नेपालमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण समेत पस्किएका छन् ।
पछिल्लो समय मानिसहरूले चिनीको अलावा सख्खरको प्रयोग बढाउन सुरु गरेसँगै सिलवाले आधुनिक मेशिनको प्रयोग गरी उखु पेल्ने र सख्खर बनाउने काम सुरु गरेको हो ।
विशेष गरी पहाडी क्षेत्रमा पुरानो नगदे खेती बालीको रूपमा लिइने उखु खेती पछिल्लो केही वर्ष यता लोप हुँदै गएकोले यसलाई पुन नयाँ प्रविधिको प्रयोग गर्दै खेती सुरु गरेको सिलवालको भनाई छ ।
सिलवाल भन्छन् , युवाहरू वैदेशिक रोजगारीमा गएका कारण निकै खेती योग्य जमिन बाँझो रहेको र यस्तो नगदे बालीलाई आधुनिक तरिबाट गर्न सकेको खण्डमा पनि वैदेशिक रोजगारीमा जाने युवाहरू समेत स्वदेशमा नै टिक्ने वातावरण बन्ने सक्छ । सरकाले सहयोग गरे युवा स्वदेशमा रोजगारयुक्त बन्दछन् । सबै बाँझो जमिनमा यसरी नगदे बाली उखुको खेती गर्न सकेको खण्डमा बाँझो जमिन समेत हराभरा हुने भनाई उनको भनाई छ ।

खेती गर्नका लागी किसानहरूलाई खासै लगानी समेत गर्नु नपर्ने थोरै खर्च र कम मिहिनेतमा धेरै आम्दानी लिन सक्ने बालीको रूपमा उखु खेतीलाई किसानहरूले लिन सक्छन् ।

जिल्लाका धुनीवेशी र नीलकण्ठ नगरपालिका सहित थाक्रे ,शिद्धलेक, गजुरी गाउँपालिका किसानहरूले भने पछिल्लो केही समय यता उखुको ब्यवसायीक खेती सुरु गरेका छन् ।
