X (current)

तरकारीमा बिचौलियाको बिगबिगी,किसान र उपभोक्ता दुवै मारमा

  Bikaspost   31 December, 2024


धादिङ । जिल्लाका ग्रामीण भेगका किसानले अहिले पनि प्रतिकिलो अठार रुपैयामा बन्दा र पच्चिस रुपैयामा काउलि विक्रि गरिरहेका छन् । तर धादिङकै बजार क्षेत्रमा त्यही बन्दा र काउली उपभोक्ताले प्रति किलो सत्तरी र असी रुपैयामा खरिद गर्छन् । किसानले प्रतिकिलो विस रुपैया पाएको गोलभेडाको मूल्य उपभोक्तfलाई सत्तरी रुपैया पर्ने गरेको छ । किसानहरुले प्रतिकिलो तिस रुपैयामा विक्रि गर्ने तिते करेलाको बजार मुल्य असी रुपैया छ । त्यस्तै लौका फर्सि बोडी चिप्लेभेण्डीको बजार मुल्य पनी किसानहरुले पाउने भन्दा उपभोक्ताहरुलाई तिनदेखी चार गुणा बढी पर्ने गरेको छ । बजार अनुगमनको परिपाटी फितलो र विचौलीयाको रजगजले किसान र उपभोक्ता दुवै मारमा परेका हुन् । खेतबारीदेखि उपभोक्तासम्म तरकारी पुग्दा कम्तीमा पाँच तहको विचौलीया पार गर्नुपर्ने भएकोले किसानले कम मुल्य पाउने र उपभोक्ताहरु महङ्गीमा पर्ने अवस्था सृजना भएको हो । किसानहरुले उत्पादन गरेको तरकारीको मुल्यमा एकरुपता ल्याउन सकिएको छैन । अर्कोतिर स्वदेशी कृषिजन्य सामग्री बजारमा विक्रि गर्ने बेला विदेशबाट आयात गरिएको तरकारीको प्रभावले पनि स्थानीय किसानहरु मर्कामा पर्ने गरेका हुन् । किसानहरुले उत्पादन गरेको तरकारीजन्य बस्तुहरुको बजार मुल्य तोकि बजारीकरणका लागी सरकारले सहजीकरण गर्नुपर्ने किसानहरुको माग छ ।Pause

तरकारीको मुल्य आकासीएर उपभोक्ताको भान्सा अहिले निकै महङ्गिएको छ । किसानदेखि थोक व्यापारीसम्म तरकारी ल्याउँदा चलखेल गर्ने विचौलियाहरुको बिगबिगी भने कायमै छ । एउटा निश्चित व्यापारीले खेतबारीबाट तरकारी उठाउने गर्छ भने उसले तरकारी सङ्कलन गर्दै हिड्ने अर्को व्यापारीसमक्ष पुर्‍याउँछ । त्यो व्यापारीले मण्डी थापेर बसेका व्यापारीलाई आपूर्ति गर्छ । उ मार्फत् मात्रै खुद्रा पसलमा तरकारी पुग्छ । यो सबै प्रकृया पूरा हुँदा तरकारीको मूल्यले आकाश छोइसकेको हुन्छ । यतिसम्मकि तरकारीको मूल्य पनि बिचौलियाले तोकिदेने गर्छन् । ।Pause

तरकारीजन्य उत्पादन बिचौलियाको भरमा नछोडी बजारीकरणको जिम्मा स्थानीय   तहले लिनुपर्ने आवाज पनि उठ्दै आएको छ । किसानबाट सिधै उपभोक्तासम्म तरकारी पुग्ने वातावरण मिलाउन सके मात्र किसानले पनि पसिनाको मूल्य पाउने र महङ्गी नियन्त्रणमा पनि सहयोग पुग्ने सरोकारवालाहरुको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस