X (current)

हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने

  Bikaspost   20 December, 2024


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कास्की प्रहरीले तस्वीर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।

आज एक विज्ञप्ती प्रकाशित गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रुपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइवर कानून  तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सो तस्वीर रास्वपाकै समर्थक डा  निकोलस भुषालले सिसीटीभीबाट खिचेर सार्वजनिक गरेको उनी आफैँले स्वीकारेका थिए।

डा भुषालले सो तस्वीर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत नै माफी मागेका थिए ।

लामिछाने सहकारी ठगी प्रकरणमा हाल अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन ।।

प्रतिक्रिया दिनुहोस