पचास प्रतिशतभन्दा धेरै विद्यालय उमेरका चेपाङ्ग बालवालीका अझै विद्यालय बाहिर
Bikaspost 21 March, 2021
धादिङ । चेपाङ्ग समुदायका बालवालीकाहरु अझै पचास प्रतिशत भन्दा धेरै विद्यालय बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ ।
विद्यालय भर्नाका समयमा असी प्रतिशत चेपाङ्ग बालावालीकाहरु विद्यालय भर्ना भएको भए पनी निरन्तर विद्यालय आउनेको संख्या भने निकै कम पाईएको छ ।
नेपाल चेपाङ्ग संघ धादिङका अनुसार चेपाङ्ग बालवालीकाहरु विद्यालय भर्ना भएका मध्य पनी पचास प्रतिशत मात्र अध्यानका लागी विद्यालय आउने गरेको पाइएको हो ।
चेपाङ्ग समु्दायका अभिभावकहरुमा अशिक्षा र जनचेतनाका कमीका कारण बालवालीकाहरु अझै विद्याय शिक्षाबाट बञ्चित भएका हुन् ।
चेपाङ्ग समुदायमा रहेको विकृती र विसंगतीका कारण पनी निकै बालवालीकाहरु विद्यालय आउने रहर हुदा हुदै पनी आउन नसक्ने अवस्था रहेको शिक्षा क्षेत्रमा काम गर्दे आउनु भएका चेपाङ्ग अगुवा तिलक चेपाङ्ग बताउनु हुन्छ ।
चेपाङ्ग समुदायमा बढ्दो बाल विबाहा,बहु– विबाहा, र अत्याधिक मदिरा सेवन प्रमुख कारण बन्दै गएको छ ।
जस्का कारण सो समुदायका मानिसहरुमा गरिवी समेत बढ्दै जाने गरेको हो । यस्ता कुरितिहरु हुन नदिनका लागी अझै चेपाङ्ग समुदायमा जनचेतना मुलक शिक्षाको आवाश्यक रहेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आई रहेका चेपाङ्ग, दनुवार र दराई समुदायका बालवालीकाहरुलाई विद्यालय नियमीत कसरी गराउने भन्ने विषयमा छलफलका क्रममा विपन्न चेपाङ्ग समुदायका बालवालीकाहरुको अवस्था खुलासा भएको हो ।
गजुरी बेनीघाट, थाक्रे शिद्धलेक गाउँपालीकाहरुमा उनिहरुको बसोवास रहेको छ ।
विद्यालय भर्ना भएका चेपाङ्ग समुदायका बालवालीकाहरु जम्मा चार हजार आठ सय रहेकोमा ति मध्य सतचालीस प्रतिशत विद्यार्थीहरु मात्र विद्यालय आउने गरेको पाईएको छ ।
यसै क्रममा चेपाङ्ग बालवालीकाहरुको शैक्षिक स्थर उकास्नका लागी जिल्लामा कार्यरत प्रयास नेपाल नामक गैर सरकारी संस्थाले चेपाङ्ग बालवालीकाहरुलाई शैक्षिक सामग्रीहरु पनी प्रदान गर्न सुरु गरेको छ । शैक्षिक सामग्रीहरुको अभावमा विद्यालय ड्रप आउट हुने क्रम रोक्नका लागी यस्तो सहयोगका कार्यक्रमहरु सुरु गरेको हो ।